बागलुङबाट भैरहवाका लागि छुटेको बस लेखनाथमा दुर्घटना, महोत्सवमा आएका भारतीय व्यापारीको मृत्यु

पाेखरा | पुस १४, २०८०

बागलुङबाट भैरहवाका लागि छुटेको बस लेखनाथमा दुर्घटना, महोत्सवमा आएका भारतीय व्यापारीको मृत्यु फोटो: सामाजिक सञ्जाल

पोखरा:    बागलुङबाट भैरहवाका लागि छुटेको बस आज बिहान पोखराको लेखनाथमा दुर्घटना भएको छ । बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा बस ब्रेक फेल भएर सडकको दायाँ साईडको माटोको ढिस्कोमा ठक्कर खाँदा एकजना पैदल यात्रीको मृत्यु  भएको कास्की प्रहरीले जनाएको छ । 


ब्रेक फेल भएको बस ढिस्कोमा ठक्कर खान जाँदा बाटा (गमला) विक्री/ब्यापारका लागि भारतबाट लेखनाथ महोत्सवमा आएका इस्श्रावती कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका इस्श्रावतीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु  भएको प्रहरीले जनाएको छ । 


बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । बस दुर्घटना हुँदा घाइते भएका तनहुँको म्याग्दे गाउँपालिका घर भएका ३६ वर्षीय रामजी गन्धर्व र पर्सा दिप नगरपालिकाका ४६ वर्षीय माया गन्धर्वको लेखनाथसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्